श्री कृष्ण आधारभूत विद्यालय

यो श्री कृष्ण आधारभूत विद्यालय जिल्लाको दक्षिणी भेगमा पर्ने पुनर्वास न.पा.–८, कंकडमा अवस्थित छ । विद्यालयको अवस्थित भएको गाउँमा सतप्रतिसत यहाँका आदिवासी रानाथारुको बसोबास छ । उनीहरुले बोल्ने भाषा नै रानाथारु हो । यो गाउँ लोल्यान्डमा पर्ने भएकोले वर्षभरीमा बालीहरु धान, गँहु र उखुबालीहरु उत्पादन हुने गर्दछ । र हिउँदमा यो बस्ती अधिकांश खेतबारीहरुमा चाहेजतीको बालीहरु उत्पादन कमै हुने गर्दछ । तसर्थ यस गाउँका बासिन्दाहरु कृषि उपजमा बालीमात्रै हुने भएकोले आर्थिक अवस्था दयनिए नै छ । योे विद्यालयबाट सबैभन्दा नजिकको विद्यालय २ कि.मी. टाढा श्री बागिश्वरी मा.वि. विद्यालय छ । र विद्यालय रहेको गाउँ अर्थात कंकड बाट पाँच सात वर्ष उमेर भएका बालबालिकाहरु उक्त विद्यालयमा प्राथमिक तहको शिक्षा हासिल गर्न जान सक्ने अवस्था नरहेकोले वि.सं.२०६२ सालमा यस कंकड गाउँका स्थानीय समाजसेवीहरु श्री रघुनन्दन राना, श्री माघेराम राना, श्री प्रेम सिंह राना, साविक त्रिभुवनबस्ती वडा नं.–१ निवासी श्री महेश कुमार बुढा, श्री मिन बहादुर गुरुङ्ग लगायतका बुद्धिजिवीहरुको विषेश पहलमा प्राथमिक तहको विद्यालय स्थापना गर्ने् निर्णय गरेका थिए । र उहाँहरुको निर्णय अनुसार २०६२ सालभन्दा पूर्व पनि यस ठाउमा प्राथमिक विद्यालय खोल्न प्रयास स्वरुप केही बालबालिकाहरुलाई श्री बागिश्वरी मा.वि को सम्बन्ध नलिएर पठनपाठन गराएको पाइन्छ । तत्कालिन समयमा प्रा.वि. तहको विद्यालय खोल्न चाहिने रु.५०,०००।– स्थानिय गाउँबासीहरुले आर्थिक संकलन गर्न नसक्दा संचालन गरिएको कक्षा बन्द गरिएको अवस्था थियो ।
सहायताको लागि हामीलाई कल गर्नुहोस्

९८४८७५३०१०

श्री कृष्ण आधारभूत विद्यालय
श्री कृष्ण आधारभूत विद्यालय
श्री कृष्ण आधारभूत विद्यालय

सूचना तथा कार्यक्रमहरु

कार्यक्रमहरु

कार्य समिति

विद्यालय व्यवस्थापन समिति

हाम्रो सम्बद्धता

संस्थाहरुसँगको आबद्धता

संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।